२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित



फाइल फोटो
अ+ अ-

काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ ।

विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । यस खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।

इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशनकुमार झाले ११ रन जोडे ।

कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट हात पारे ।

नेपालले दिएको १८९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो । उसका लागि शरथ श्रीवास्तावले ६५ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाए । उनी अविजित रहे पनि कर्नाटकका अरू ब्याटर सस्तैमा आउट भए ।

कर्नाटकलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि बलिङतर्फ करण केसी, ललितनारायण, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछाने र हेमन्त धामीको नाममा एक/एक विकेट रह्यो ।

नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेलेर भारतबाटै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा तीन दिन अभ्यास गरेर नेपाली टिम प्रतियोगिता खेल्ने तयारीमा छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ मा बहराइनको सामना गर्नेछ । त्यसपछि प्रतियोगितामा नेपालको भेट मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध हुनेछ ।  रासस