२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो



अ+ अ-

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ ।

जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिनुभयो ।

हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो । हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो ।

हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसित समन्वय गरिरहेको उहाँको भनाइ छ । डुबेर बालकको मृत्यु यसैबीच कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नहरमा डुबेर बेदकोट नगरपालिका–३ दैजीका आठ वर्षीय शाहिल ओखेडाको मृत्यु भएको बताउनुभयो । नहरमा नुहाउने क्रममा उनको बुडेर मृत्यु भएको हो ।