२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित



अ+ अ-

सिन्धुपाल्चोक। रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ ।

चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए । रासस