२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबल लिगलाई एक्स्ट्रिमको साथ



फाइल फोटो
अ+ अ-

काठमाडौँ। केडिया ग्रुपको आयोजनामा हुने नेपाल भलिबल लिग (एनभिएल)लाई एक्स्ट्रिम इनर्जी ड्रिङक्सले मुख्य प्रायोजन गरेको छ ।

केडिया ग्रुपद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केडिया ग्रुप र एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सबीच तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको तर्फबाट बजार व्यवस्थापक सोनिया राना र नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक आश्विन केडियाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि बजार व्यवस्थापक रानाले नेपाल भलिबल लिगसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । त्यस्तै नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले टाइटल स्पोन्सरका रूपमा एक्स्ट्रिमलाई पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले भलिबलमा निजी क्षेत्रको लगानी बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै खेलकुदमा गरिएको लगानीको दीर्घकालीन प्रतिफल उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल भलिबल लिगसँग एक्स्ट्रिमजस्तो संस्थाको सहकार्य हुनु सकारात्मक विषय हो । खेलकुदमा गरिएको लगानीले तत्काल मात्र नभई दीर्घकालीन रूपमा प्रतिफल दिने विश्वास छ,” उहाँले भन्नुभयो । तीन वर्षे उक्त सम्झौता रु दुई करोड ७५ लाखको रहेको छ ।

यसैगरी नेपाल भलिबल सङ्घका उपाध्यक्ष भरतबहादुर शाहले पछिल्लो समय नेपाली भलिबलमा उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो । विगतमा खेलाडीले विभिन्न समस्या र कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उहाँले अहिले विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँगको समन्वयमा खेलाडीको व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा सुधार आएको बताउनुभयो ।

“पहिलाको तुलनामा अहिले भलिबलमा धेरै सुधार भएको छ । विगतमा खेलाडीले निकै सकस व्यहोर्नुपर्ने अवस्था थियो । अहिले विभिन्न संस्था र सरोकारवालासँग समन्वय गरेर खेलाडीको व्यवस्थापनदेखि प्रतियोगिता सञ्चालनसम्मलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ,” उपाध्यक्ष शाहले भन्नुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगिता यही भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ ।  रासस