२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युटीएमबी वल्र्ड सिरिजमा दावा



Oplus_131072
अ+ अ-

काठमाडौँ। नेपाली ‘अल्ट्रा ट्रेल’  रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै फ्रान्स प्रस्थान गरेका छन् ।

गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्सको सिरिजका लागि छनोट भएका हुन् ।

अस्ट्रेलियामा भएको उक्त दौडको १ सय किलोमिटर दूरी दावाले १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए । एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई मंगलबारै बिदाइ गरे ।

दावाले आफ्नो उत्कृष्ट समयमा सुधार गर्ने लक्ष्य रहेको बताए ।