४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ



अ+ अ-

 

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार उनीहरूलाई कागेश्वरी मनहरा नगरपालिका–६ बाट पक्राउ गरिएको हो।

लागूऔषधको कारोबारमा संलग्न हुन सक्ने गिरोहको निगरानी गर्ने क्रममा भदौ २ गते खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखाको शैलुङ नगरपालिका–८ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका–७ का ४१ वर्षीय अजय दास रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३२.५८० ग्राम खैरो हेरोइन, नेपाली नगद ४ लाख रुपैयाँ, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।