१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार खेल अगाबै पिएसजीलाई लिग वानको उपाधि



अ+ अ-

एजेन्सी । जारी सिजनको फ्रेन्च फुटबल लिग लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

लिगको चार राउन्डको खेल बाँकी छँदै पिएसजी कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको हो ।

शनिबार राति सम्पन्न खेलमा घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरीमा रोकिएपनि पिएसजी च्याम्पियन बन्न सफल भएको हो ।

खेलको ६८औं मिनेटमा लियोनल मेसीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५७औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

बराबरीमा रोकिएपनि पिएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त रह्यो । यस बराबरीसँगै पिएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । अब पिएसजीले आफ्नो सबै चार खेल गुमाएपनि च्याम्पियन बन्नछ । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ ।

लेन्स भने ५४ अंक जोडेर सातौं स्थानमा रहेको छ । पिएसजीको यो १०औं लिग उपाधि हो । च्याम्पियन बनेसँगै पिएसजीले सर्वाधिक लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।