३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः हैदरावादविरुद्ध आरसीबीको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । आईपीएलको ३६ औँ खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि एकतर्फी जित हात पारेको छ । केन विलियम्सनको कप्तानीमा रहेको हैदरावादले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।

हैदरावादले आठ ओभरमा एक विकेट गुमाएर बैंग्लोरलाई मात्र ६८ रनमा सिमित गर्यो । आईपीएलमा कुनै पनि टोलीको बलको आधारमा यो चौथो ठूलो जित हो । हैदरावादले यो सिजनको लगातार पाँचौं जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बैंगलोरले दिएको ६९ रनको सानो लक्ष्य पछ्याउँदै हैदरावादले बलियो सुरुवात गरेको थियो । अभिषेक शर्मा र केन विलियम्सनले ६ ओभरमा ५० रन जोडे । यस क्रममा अभिषेकले बैंगलोरका बलरहरु विरुद्ध बलियो ब्याटिङ गर्दै २७ बलमा ४७ रन बनाए । उनी आफ्नो अर्धशतकको नजिक पुगेका थिए तर आठौं ओभरको दोस्रो बलमा हर्षल पटेललाई छक्का प्रहार गर्ने क्रममा अनुज रावतको हातबाट क्याच आउट हुन पुगे ।

आउट हुनुअघि अभिषेकले २८ बलमा ४७ रन बनाएका थिए । त्यसपछि सोही ओभरको अन्तिम बलमा राहुल त्रिपाठीले छक्का हानेर खेलको अन्त्य गरे । हैदरावादले ७२ बल बाँकी रहँदै ठूलो जित हात पारेको थियो । उसका लागि केन विलियम्सन १७ बलमा १६ रनमा अविजित रहे भने राहुल त्रिपाठीले तीन बलमा ७ रन बनाए ।

सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले लगातार सातौं पटक टस जितेर ब्याटिङ रोजेका थिए । तर, उनले बेङ्लोरलाई ब्रेबोर्न स्टेडियममा पहिले ब्याटिङ गर्न बोलाए । विलियम्सनको निर्णय सही साबित भयो जब मार्क यान्सेनले कप्तान फाफ डु प्लेसिस र पूर्व कप्तान विराट कोहलीलाई दोस्रो ओभरको दुई बलमा आउट गरेर पेभिलियन पठाए । यसपछि उनले सोही ओभरको अन्तिम बलमा अनुज रावतलाई पनि आउट गरे ।

बैंग्लोरको टोली आठ रनमा तीन विकेट गुमाएर ब्याकफुटमा पुगेको थियो । जहाँ, ग्लेन म्याक्सवेलले इनिङ्सलाई अगाडि बढाउने अपेक्षा गरिएको थियो तर पाँचौं ओभरमा नटराजनले विलियमसनलाई क्याच आउट गराएर आरसीबीलाई ठूलो झटका दिए । सुयश प्रभुदेसाई र शाहबाज अहमदले इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे तर जगदीश सुचितले एउटै ओभरमा सुयश र दिनेश कार्तिकलाई आउट गर्दै बैंग्लोरलाई पूर्णरूपमा घुँडा टेकाए ।

शाहबाजले पनि खासै केही गर्न सकेनन् र उनी पनि छिट्टै पेभिलियन फर्किए । हैदरावादका लागि मार्क यानसेन र नटराजनले ३–३ विकेट लिए भने जगदीश सुचितले २ विकेट लिए ।

आजको खेलः लखनउ सुपर जाइन्ट्सविरुद्ध मुम्बई इन्डियन्स – ७ः४५ बजे