२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडविरुद्ध आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको तेस्रो मिनेटमा नै नुनो टाभारेसको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

३२ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । तर, त्यसको दुई मिनेटपछि अर्थात् ३४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २–१ को अवस्थामा खेलमा फर्काए ।

५६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडलाई बराबरी गर्ने सुनौलो अवसर खेर फाले । उनले पेनाल्टी मिस गरे । उनको प्रहार देब्रे पोस्टमा ठोक्किएर बाहिरियो ।

यस्तै, ६० औं मिनेटमा युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले मान्यता पाएन । उनी अफसाइड रहे ।

खेलको ७० औं मिनेटमा ग्रानिट जाकाले डि–बक्स बाहिरबाट लेफ्ट फुटले उत्कृष्ट गोल गर्दै आर्सनललाई ३–१ को अवस्थामा ल्याए ।

यो नतिजापछि आर्सनल चौंथो स्थानमा उक्लिएको छ । उसको ३३ खेलबाट ६० अंक छ । पराजित युनाइटेड ३४ खेलबाट ५४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।