• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले… ★   आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो ★   संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग ★   लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

पहिलोपटक एपेन्डिसाइटिस अप्रेसन सफल



गुल्मी जिल्लामा पहिलोपटक गम्भीर प्रकृतिको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटलमा पेटभित्रै फुटेको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको हो । जिल्ला अस्पताल तम्घासमा भर्ना भएकी अम्मुर–१ की १९ वर्षीया दिलमाया मुखियाको रेसुङ्गा हस्पिटलले सफलतापूवर्क शल्यक्रिया गरेको हो ।  पहिले पेट मात्रै दुखेको भए पनि पेट दुखेको तीन दिनपछि जाँच गराउँदा स्वास्थ्यकर्मीले एपेन्डिसाइटिस बिग्रिएकाले ठूलो अस्पताल जान सुझाएका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण बाहिरी जिल्ला जान नसकेपछि छोरीलाई तम्घासकै रेसुङ्गा हस्पिटलमा भर्ना गरिएको दिलमायाका बुबा गोविन्दले बताउनुभयो । उहाँले छोरी बाँच्दिन कि भनेर ठूलो पिर मानेको भए पनि जिल्लामै सफल शल्यक्रिया भएकामा खुसी प्रकट गर्नुभयो ।

उहाँ मात्र हैन जिल्लामै पहिलोपटक यस्तो शल्यक्रिया सफल भएपछि आफूहरू पनि निकै खुसी भएको उपचारमा संलग्न डा निरेश थापाले बताउनुभयो । डा थापाले अहिले पनि धेरै बिरामी जिल्लामा राम्रो उपचार नहुने भन्दै बाहिर जानेक्रम नरोकिएको दुःखेसो गर्नुभयो । अस्पतालले मुखियाको उपचारमा करिब २५ हजार रुपैयाँ खर्च लागेको भए पनि गरिब परिवारको भएकाले लगभग १० हजार रुपैयाँ छुट गर्नेसमेत जनाएको छ । उक्त हस्पिटलमा झन्डै दुई महिनाअगाडि एउटा यस्तै गम्भीर प्रकृतिको शल्यक्रिया सफल भएको थियो । पाठेघरभन्दा बाहिरको ट्युबमा बसेको बच्चालाई सफलतापूर्वक शल्यक्रिया गरेर बाहिर निकालिएको हस्पिटलका डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।