• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वपूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो



काठमाडौँ । टी–२० विश्वकपअघि पाकिस्तानले आयरल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ । पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरल्याण्डले पाहुना टोलीलाई ५ विकेटले पराजित गरेको हो । एन्ड्रयु बालबर्नीले ७७ रनको उत्कृष्ट इनिङ्स खेले ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५७ रन बनाएका थिए टोलीले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

बाबर बाहेक ओपनर साइम अयुब (४५) र इफ्तिखार अहमद (३७) बाहेक पाकिस्तानको बाँकी ब्याटिङ लाइनअप आयरिश बलरको अगाडि टिक्न सकेन । मोहम्मद रिजवान (०), फखर जमान (२०), आजम खान (०) र शादाब खान (०) ले रन बनाउन सकेनन् ।

पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात खराब रह्यो । १४ रनको स्कोरमा कप्तान पल स्टर्लिङ ८ रन मात्र बनाएर आउट भए । लोर्कन टकर ४ रन बनाएर आउट भए । तर, अनुभवी ब्याट्सम्यान एन्ड्रयु बालबर्नीले एक छेउमा आफ्नो अर्धशतक पूरा गरे । ह्यारी टेक्टरले ३६ रन बनाए ।

जर्ज डकरेलले २४ रनको योगदान दिए । बलबर्नी ७७ रन बनाएर आउट भए । अन्त्यमा ग्यारेथ डेलानी (१०) र कर्टिस क्याम्फर (१५) ले टोलीलाई जित दिलाए । आयरल्यान्डले १९.५ ओभरमा लक्ष्य पूरा गर्दै ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।