४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपअघि पाकिस्तानले आयरल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ । पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरल्याण्डले पाहुना टोलीलाई ५ विकेटले पराजित गरेको हो । एन्ड्रयु बालबर्नीले ७७ रनको उत्कृष्ट इनिङ्स खेले ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५७ रन बनाएका थिए टोलीले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

बाबर बाहेक ओपनर साइम अयुब (४५) र इफ्तिखार अहमद (३७) बाहेक पाकिस्तानको बाँकी ब्याटिङ लाइनअप आयरिश बलरको अगाडि टिक्न सकेन । मोहम्मद रिजवान (०), फखर जमान (२०), आजम खान (०) र शादाब खान (०) ले रन बनाउन सकेनन् ।

पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात खराब रह्यो । १४ रनको स्कोरमा कप्तान पल स्टर्लिङ ८ रन मात्र बनाएर आउट भए । लोर्कन टकर ४ रन बनाएर आउट भए । तर, अनुभवी ब्याट्सम्यान एन्ड्रयु बालबर्नीले एक छेउमा आफ्नो अर्धशतक पूरा गरे । ह्यारी टेक्टरले ३६ रन बनाए ।

जर्ज डकरेलले २४ रनको योगदान दिए । बलबर्नी ७७ रन बनाएर आउट भए । अन्त्यमा ग्यारेथ डेलानी (१०) र कर्टिस क्याम्फर (१५) ले टोलीलाई जित दिलाए । आयरल्यान्डले १९.५ ओभरमा लक्ष्य पूरा गर्दै ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।