काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम राजन चौलागाईलाइ केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुख, भक्तबहादुर केसिलाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनीत गर्नुभएको छ ।
यसै गरि उध्दव मिश्र, पुष्पा खरेल भट्ट, गंगाप्रसाद शर्मा र अरुणकुमार बस्नेतलाइ केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको पार्टीका महामन्त्री भाष्कर भद्राद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ।