१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ



अ+ अ-

एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन् । उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् ।

आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ । गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले सिक्नुपर्छ।

आलस्य हटाउनुहोस्ः आचार्य चाणक्यका अनुसार थकाइ लागे पनि गधा बोझ बोक्नबाट पछि हट्दैन। त्यसैगरी मानवले पनि पूर्ण समर्पणका साथ आफ्नो काममा लाग्नुपर्छ, असफलताले छुन सक्नेछैन ।

परिस्थिति अनुकूलः आचार्य चाणक्यका अनुसार गर्मी होस् वा जाडो, गधा हरेक मौसममा दृढ रहन्छ र आफ्नो काम पूरा गर्दछ। त्यसैगरी मानिसले परिस्थितिसँग कहिल्यै आत्तिनु र हार मान्नु हुँदैन ।

सन्तुष्ट हुनुः चाणक्यका अनुसार गधा जे पाउँछ, त्यसैमा सन्तुष्ट हुन्छ, मानिस पनि त्यसैगरी सन्तुष्ट हुनुपर्छ । धेरैको चाहनामा दुखी रहनु हुँदैन ।

कडा परिश्रम गर्नः गधा कहिल्यै कडा परिश्रमबाट पछि हट्दैन । आचार्य चाणक्यका अनुसार यदि मानिसले गधाको यो गुण आफ्नो जीवनमा धारण गर्छ भने ऊ कहिल्यै असफल हुँदैन ।