काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गए राति पूर्वप्रधानन्यायाधीश जवरालाई महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
राणा विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उजुरीको विवरण खुलेको छैन ।








