२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत



अ+ अ-

काठमाडौँ: साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमबीच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरियो । सात दशकदेखि साहित्य सिर्जनारत लोहनीलाई कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिएको फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले जानकारी दिनुभयो ।

यस्तै, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि क्रियाशील रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । यी दुबै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।

त्यसैगरी कथा र कविताका माध्यमबाट नेपाली साहित्यको संवद्र्धनमा योगदान गरेको भन्दै श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा गिरीको पूर्णकदको सालिकमा प्रा पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो । डा गिरीको विसं २०७८ जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।

श्रीमती इन्दिरा प्रसाईंको सभापतित्वमा भएको सो समारोहमा प्रा लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले साहित्यकार स्व गिरीको कृतित्व तथा व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।रासस