२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत



अ+ अ-

काठमाडौँ: साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमबीच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरियो । सात दशकदेखि साहित्य सिर्जनारत लोहनीलाई कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिएको फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले जानकारी दिनुभयो ।

यस्तै, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि क्रियाशील रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । यी दुबै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।

त्यसैगरी कथा र कविताका माध्यमबाट नेपाली साहित्यको संवद्र्धनमा योगदान गरेको भन्दै श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा गिरीको पूर्णकदको सालिकमा प्रा पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो । डा गिरीको विसं २०७८ जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।

श्रीमती इन्दिरा प्रसाईंको सभापतित्वमा भएको सो समारोहमा प्रा लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले साहित्यकार स्व गिरीको कृतित्व तथा व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।रासस