११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
अ अ+ अ-

भैरहवा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आउनुभएको प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

“भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।”

सङ्घका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीलाई विश्वास छ गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुआत भएजस्तै यस वर्षको जेठ महिनाभित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ ।”

तत्कालीन समयमा प्रधानमन्त्रीको पहलमा नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा साताको एक उडान गर्दै आएको छ ।

विमानस्थलवाट नियमित उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा परेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने उहाँको भनाइ छ ।

सङ्घले ध्यानाकर्षण पत्रमा वैदेशिक रोजगारमा जानेका लागि श्रमसँगै रपन्देहीमै स्वास्थ्य परिक्षणको व्यवस्था गराउन माग गरेको छ । “श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाण्डौमा नै जानु पर्ने व्यवस्था रहेको छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो “नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जाँच परीक्षण भैरहवा बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटोभन्दा छिटो मिलाओस ।”

यस्तै दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्न, आइएलएस (इन्स्टमेन्ट ल्याण्डिङ सिस्टम) उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकाले यो उपकरण सञ्चालनमा ल्याउन पनि सङ्घले माग गरेको छ ।

भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहुलियत साथै कम्तीमा पाँच वर्षको लागि ग्राउन्ड ह्य्यान्ड्लिङ आफैँ गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न प्रधानमन्त्रीलाई सङ्घले माग गरेको छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई हवाई इन्धनको मूल्य काठमाडाँैमा भन्दा सस्तो गर्न पनि आग्रह गरेको छ । अहिले तराईतिरै बाट काठमाण्डु पुग्ने हवाई इन्धनको मूल्य काठमाडौ र तराईमा एकै रहेको छ । स्थानअनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरुलाई आकर्षित गर्न सकिने श्रेष्ठले बताउनुभयो ।

चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी वृद्ध धर्म मान्ने देश हरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन । ती देशहरूसँग कूटनीतिक पहल गरी कम्तीमा हप्ताको एक उडानका लागि अनुरोध गर्न आग्रह गरिएको श्रेष्ठले बताउनुभयो ।

यस्तै नेपाल एयरलाईनसँगै नेपालको अर्को निजी कम्पनी हिमालय एयरलाइन्सलाई पनि साताको एउटा मात्र भए पनि उडान गराइदिने व्यस्था गर्न संघले आग्रह गरेको छ । भैरहवाबाट दिल्ली, लखनउ लगायत भारतका सहरमा उडानका लागि आफ्ना भारतीय समकक्षी समक्ष पहल गरिदिने आग्रह पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

विमानस्थल नियमित सञ्चालनका लागि यहाँका निजी क्षेत्रले के कार्य गर्नुपर्ने हो त्यसका लागी नेतृत्व लिनुपरे सिद्धार्थ उद्योग वाणिज्य सङ्घ तयार रहेको उहाँले बताउनुभयो । यस विषयमा प्रधानमन्त्रीले पनि सकारात्मक चासो दिएको श्रेष्ठको भनाइ छ ।

सङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले यसको लागि पहल जारी रहेको बताउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।