• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचन : ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ

पहिलोपटक एपेन्डिसाइटिस अप्रेसन सफल



गुल्मी जिल्लामा पहिलोपटक गम्भीर प्रकृतिको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटलमा पेटभित्रै फुटेको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको हो । जिल्ला अस्पताल तम्घासमा भर्ना भएकी अम्मुर–१ की १९ वर्षीया दिलमाया मुखियाको रेसुङ्गा हस्पिटलले सफलतापूवर्क शल्यक्रिया गरेको हो ।  पहिले पेट मात्रै दुखेको भए पनि पेट दुखेको तीन दिनपछि जाँच गराउँदा स्वास्थ्यकर्मीले एपेन्डिसाइटिस बिग्रिएकाले ठूलो अस्पताल जान सुझाएका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण बाहिरी जिल्ला जान नसकेपछि छोरीलाई तम्घासकै रेसुङ्गा हस्पिटलमा भर्ना गरिएको दिलमायाका बुबा गोविन्दले बताउनुभयो । उहाँले छोरी बाँच्दिन कि भनेर ठूलो पिर मानेको भए पनि जिल्लामै सफल शल्यक्रिया भएकामा खुसी प्रकट गर्नुभयो ।

उहाँ मात्र हैन जिल्लामै पहिलोपटक यस्तो शल्यक्रिया सफल भएपछि आफूहरू पनि निकै खुसी भएको उपचारमा संलग्न डा निरेश थापाले बताउनुभयो । डा थापाले अहिले पनि धेरै बिरामी जिल्लामा राम्रो उपचार नहुने भन्दै बाहिर जानेक्रम नरोकिएको दुःखेसो गर्नुभयो । अस्पतालले मुखियाको उपचारमा करिब २५ हजार रुपैयाँ खर्च लागेको भए पनि गरिब परिवारको भएकाले लगभग १० हजार रुपैयाँ छुट गर्नेसमेत जनाएको छ । उक्त हस्पिटलमा झन्डै दुई महिनाअगाडि एउटा यस्तै गम्भीर प्रकृतिको शल्यक्रिया सफल भएको थियो । पाठेघरभन्दा बाहिरको ट्युबमा बसेको बच्चालाई सफलतापूर्वक शल्यक्रिया गरेर बाहिर निकालिएको हस्पिटलका डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।