४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
अ+ अ-

पेरिस। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा किन यादगार बन्दैछ यो चिन्ताको बिषय बनेको छ ।

गर्मीयाममा ४० डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको भए पनि सन् २०२६ मा अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको छ ।

युरोपेली ड्राउट अब्जर्भेटरी (इडिओ) को अगस्ट १५ सम्मको दैनिक अधिकतम् तापक्रममा आधारित एएफपी विश्लेषणअनुसार टर्कीबाहेक एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका क्षेत्रमा सन् २००० पछि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो ।

यसले विशेष गरी जर्मनीका ९० लाख मानिस बसोबास गर्ने क्षेत्र मुख्यतः बर्लिनको दक्षिण र पश्चिम तथा फ्र्याङ्कफर्ट वरपरलाई असर गरेको छ ।

फ्रान्सका विशेष गरी पूर्वी फ्रान्स र ब्रिटनीसहितका ४० लाख मानिस बसोबास गर्ने क्षेत्रमा पनि यस्तो अवस्था आएको छ ।

इडिओ तथ्याङ्कअनुसार तापक्रमको अचानक वृद्धि शरीरका लागि कठिन हुन सक्छ तर लगातार उच्च तापक्रम चिन्ताको बिषय हुनसक्छ ।

जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म स्पेनका लेरिडा (क्याटलोनिया), कर्डोबा र ग्रानाडा (एन्डालुसिया) नगरपालिका वरपर ५५ दिनभन्दा बढी तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि रह्यो ।

एन्डालुसियामा हालका वर्षहरूमा (विशेष गरी सन् २०२५ र सन् २०२३ मा) यस्तो लगातार गर्मी देखिएको भए पनि उत्तरमा रहेको लेरिडामा यो समस्या सन् २०२६ मा पहिलो पटक आएको हो ।

स्पेनको एइएमइटी मौसम निकायको तथ्याङ्कअनुसार लेरिडा मौसम स्टेशनमा एक महिनाभन्दा बढी समयसम्म हरेक दिन ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रेकर्ड भएको थियो ।

साइप्रसको निकोसियाका बासिन्दाले पनि ५५ दिनभन्दा बढी त्यस्तै उच्च तापक्रमको सामना गरेका थिए ।

मध्य, पूर्वी र उत्तरी युरोपका धेरै देशले यस वर्ष आफ्नो इतिहासकै उच्च तापक्रम रेकर्ड तोडे। डेनमार्कमा ३७ डिग्री सेल्सियस, स्लोभाकियामा ४२.२ डिग्री सेल्सियस पुग्यो भने जर्मनी, अस्ट्रिया, चेक गणतन्त्र र पोल्यान्डमा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो ।

यस गर्मीयामको सबैभन्दा उच्च तापक्रम सम्भवतः इटालीमा रेकर्ड भएको थियो। जुलाई १९ मा सार्डिनियाको ओरानीमा ४८.४ डिग्री सेल्सियस पुगेको एआरपिएएस क्षेत्रीय वातावरण संरक्षण निकायले जनाएको छ । यो सन् २०२१ मा सिसिलीमा रेकर्ड भएको युरोपेली उच्चतम ४८.८ डिग्री सेल्सियसभन्दा केही कम हो ।

रातमा पनि २५ डिग्री सेल्सियस

दिनभरि धेरै तातो हुँदा मानिसहरू रातको शीतलताको आशा गर्छन् तर त्यो राहत अब कम हुँदै गएको छ।

सन् २०२६ मा करिब एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका भागमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल झरेन।

यो विशेष गरी फ्रान्सको पे दे ला लोयर क्षेत्रका करिब ५० लाख मानिस र पेरिस वरपरका क्षेत्रमा देखियो ।

यसपहिले तातो रात अनुभव नगरेका इटालीका ‘आल्प्स’को फेदीमा रहेका केही क्षेत्रमा पनि रातको तापक्रम औसतभन्दा तातो रहेको देखिएको थियो । यो घटना पोल्यान्डको विशेष गरी वार्सा वरपरसम्म फैलिएको थियो ।

दक्षिणी इटालीमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल नझर्नु सामान्य कुरा हो र यस गर्मीयाममा केही ठाउँमा यो अवस्था झन् गहिरियो।

इटालीको पश्चिमी छेऊ सिसिली र दक्षिणी एड्रियाटिक तटमा केही क्षेत्रमा यो बर्ष दुई महिनामा २० भन्दा बढी दिन तातो रात रेकर्ड भएको छ भने समुद्रपारि क्रोएसियाका ब्राच टापु वरपर पनि यस्तै अवस्था रहेको इडिओकोे तथ्याङ्कले देखाएको छ ।  (रासस/एएफपी)