४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता
अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ।

भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक-व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले आज स्वदेश फर्कनुभएको हो।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो।

साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ।

बिहीबार उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा नेपाल-भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो।

शुक्रबार उहाँ पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

त्यसै दिन उहाँले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नुभयो। सोही दिन साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्नुभएको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी हुनुभयो।

सोही दिन दिउँसो उहाँले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो।

शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि उहाँ सहभागी हुनुभयो।

सोही दिन अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउनुभयो।

शनिबार नै उहाँ दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।