३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम

लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम
अ+ अ-

काठमाडाैँ  । लामो समयसम्म मोबाइल फोनमा कुराकानी गर्दा कानमा पर्ने ध्वनि तथा अन्य असरका कारण श्रवण क्षमता कमजोर हुने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय विभिन्न प्रकारका कानसम्बन्धी समस्या लिएर भेरी अस्पताल, नेपालगञ्जमा दैनिक करिब १५० देखि २०० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालका नाक, कान, घाँटी तथा टाउको रोग विभागीय प्रमुख डा. दिनेशकुमार चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार मोबाइलमा लामो समय कुराकानी गर्दा कानको जालीमा असर पर्न सक्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायतका समस्या देखिन सक्छन्। लामो समय मोबाइलमा कुरा गर्नुपरेमा मोबाइललाई कानभन्दा केही टाढा राखेर कुराकानी गर्न उहाँले सुझाव दिनुभयो।

“लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्त्याउन सक्छ,” डा. चौधरीले भन्नुभयो।

गर्मी मौसममा अत्यधिक चिसो पेय पदार्थको सेवनले पनि नाक, कान र घाँटीमा समस्या देखिन सक्ने उहाँको भनाइ छ। पछिल्लो समय नाक, कान तथा घाँटीमा एलर्जीसम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै गएको उहाँले बताउनुभयो।

डा. चौधरीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई चिसोका कारण समस्या बढी देखिने गर्छ। हाछ्युँ गर्दा नाक र कानमा पर्ने दबाबले समेत समस्या बढाउन सक्ने उहाँले बताउनुभयो। वातावरणीय प्रदूषणसँगै अत्यधिक चिसो पेय पदार्थको सेवनका कारण देखिने एलर्जीका बिरामी पनि अस्पतालमा आउने गरेको उहाँको भनाइ छ।

यसैबीच, लामो समयदेखि कान दुख्ने, कान पाक्ने, कानमा फोहोर जम्ने लगायतका समस्या भएका बिरामीका लागि बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क कान स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ।

खजुरा गाउँपालिकाले शनिबार आयोजना गरेको शिविरमा गाउँपालिकाका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको थियो। उपचारका लागि अस्पतालसम्म पुग्न नसक्ने विपन्न समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा गरिएको परीक्षणका क्रममा ७५ जनामा कान पाक्ने, ६१ जनामा कानेगुजी जम्ने, ३३ जनामा कानमा ढुसी देखिने र १८ जनामा कानमा मेसिन लगाउनुपर्ने समस्या पहिचान भएको स्वास्थ्यकर्मी भीषण थारुले जानकारी दिनुभयो।

थारुका अनुसार थप उपचार तथा शल्यक्रियाको आवश्यकता देखिएका २८ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार कानमा समस्या देखिए पनि सामान्य समस्या भन्दै लामो समयसम्म उपचार नगर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा रोग जटिल बन्ने गरेको छ। समयमै कानको परीक्षण तथा उपचार गराउन उनीहरूले सुझाव दिएका छन्।

शिविरमा स्वास्थ्यकर्मी भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायतले कान परीक्षण तथा स्वास्थ्य परामर्श दिनुभएको थियो। ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जले शिविरमा प्राविधिक सहयोग गरेको थियो।

खजुरा गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाएको छ।