८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिले लिङ्ग फेरेर बिहे, अहिले चाहियो डिभोर्स



अ+ अ-

लिङ्ग परिवर्तन गरेर एकापसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । लिङ्ग फेरेर बिहे गरेका दुई युवतीले कुनै पनि हालतमा आफूहरुलाई डिभोर्स चाहिएको भन्दै अदालतको ढोका ढक्ढक्याएका हुन् ।

यो घटना भारतको हरियाणा राज्यको हो । बिहीबार दुवै युवती जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगे । समाचार अनुसार पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती परुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग बिहे पनि गरिन् ।

बिहेपछि उनीहरुले अढाई सालको एक बालकलाई छोराका रुपमा अपनाए पनि । दुवै युवतीले निवेदन दिएपछि जिल्ला महिला एवम् बाल संरक्षक अधिकारीको टिमले दुवैलाई सुनुवाइका लागि बोलाएको छ ।

सोनीपत निवासी महिलाले जिल्ला महिला संरक्षण अधिकारी कार्यालयमा दिएको उजुरीमा पटियाला चौक क्षेत्र निवासी युवतीसँग आफ्नो बिहे भएको खुलाएकी छन् ।

पाँच वर्ष पहिले उनकी साथीले लिङ्ग परिवर्तन गराएपछि दुवैले बिहे पनि गरे । त्यसपछि दुवै पति-पत्नी बनेर बस्न थाले । तर महिलाबाट पुरुष बनेकी उनकी साथी कुनै काम गर्दिन थिइन् । आर्थिक अवस्था कम्जोर भएपछि घर चलउन संकट पर्‍यो । त्यहीकारण उनीहरुबीच झगडा पनि हुन थाल्यो । अहिले आएर दुवैजना एकअर्कासँग बस्न नसक्ने भन्दै डिभोर्सक लागि अधिकारीकहाँ पुगेका हुन् ।

५ वर्षअघि लिङ्ग परिवर्तन गराएर दुवै बिहे गरेका थिए । अहिले आएर युवतीले यो बिहेबाट अलग हुन डिभोर्सको माग गरेकी हुन् । निवेदन परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाइएको छ। जहाँ अब दुवै पक्षबीच छलफल हुनेछ ।




भर्खरै