७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी



अ+ अ-

काठमाडौँ: जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरुका माग तत्काल पूरा गर्न ससरकारलाई अल्टिमेटम दिएका छन् ।

जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले शहीद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेन–जी शहीदका परिवार र घाइतेहरुका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भएपनि अहिलेसम्म ठोस प्रगति नभएको बताउनु भयो ।

उहाँले आफूहरुका माग सम्बोधन गर्न भन्दै सरकारले पटक पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रुपमा काम गर्न नसक्दा सरकारप्रति आफूहरुको विश्वास गुम्दै गएको बताउनु भयो । चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा समेत सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले सरकारले विगतमा शहीद परिवार र घाइतेहरुसँग गरेका सहमतिहरु कार्यान्वयन नगरेको समेत आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्री सुधन गुरुङले हामीलाई एक महिनाको समय दिनुहोस् सबै मागहरु पूरा गर्छु भनेको हुनाले हामीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ । तर अब त्यो अवस्था छैन । हामीहरुले उहाँहरुको भनाइ पनि सुन्यौँ । यो बीचमा धेरै समितिहरु पनि बने सभापतिज्यू शहीद परिवारको कार्यकक्षमा आएर कसर्न दिन शहीदको बाबुलाई अंगालो मारेर तपाईंको छोरो त गयो अब म तपाईंको छोरो हुँ । जे जे गर्नुपर्छ म गर्छु भनेको दिनदेखि उहाँ छ महिना हराउनुभयो । फेरी आएर समिति बनाउँछौं तपाईंका सबै मागहरु समितिसमक्ष राख्नुस् भन्नुभयो । समिति पनि बन्यो तर समितिले कुनै बैठक नै गर्न पाएन । हामीले १२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन कुरा पनि गरेन । हामीले सरकारले मन्त्रालयका सहसचिव र घाइते तथा शहीद परिवारका दुई दुई जना सम्मिलित बैठकमा समेत यो समितिले ट्ंग्याएका सबै विषयहरु सरकारले हुबहु पास हुने ग्यारेन्टी दिनुस् भनेर भनेका थियौँ । तर उहाँहरुले मान्नुभएन । हामीहरुले दुःखबाहेक केही पनि पाएनौँ । हामीले गरेको एसएमएसको रिप्लाइ आजसम्म पनि दिनुभएको छैन । अब त्यो समितिलाई विश्वास गरेर हिँड्दाखेरी हाम्रा मागहरु पूरा होलान् त ?’

उहाँले मन्त्रालयका सहसचिव, शहीद परिवार र घाइतेका प्रतिनिधि सम्मिलित समितिमा आफूहरुले समितिले टुंग्याएका विषय सरकारले कार्यान्वयन गर्ने सुनिश्चितता माग गर्दा मन्त्रालयका कर्मचारीहरु पछि हटेको आरोप समेत लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल