१ आश्विन २०८३, बिहीबार
,
Latest
रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट



अ+ अ-

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुन (Dong Jun)सँग शिष्टाचार भेट गर्नुभएको छ।

प्रधान सेनापति सिग्देलले बुधबार (सेप्टेम्बर १६, २०२६) चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा दुई देशबीचको सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी, प्रधान सेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (NDU) को निरीक्षण भ्रमण गर्नुभएको थियो।

उहाँले बेइजिङमा आयोजना भएको १३औँ बेइजिङ सियाङसान फोरम (The 13th Beijing Xiangshan Forum) को उद्घाटन सत्रमा समेत सहभागिता जनाउनुभएको नेपाली सेनाले जनाएको छ।




भर्खरै