१ आश्विन २०८३, बिहीबार
,
Latest
कांग्रेसभित्रको विभाजनप्रति शेखरको असन्तुष्टि, भने: अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने



अ+ अ-

नुवाकोट ।भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विद्यालयको सम्पूर्ण भौतिक संरचना ध्वस्त भएपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूलीले असोज १ गतेदेखि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सञ्चालन गरेको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढीबाट क्षतिग्रस्त विद्यालयको पठनपाठन विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाको सहजतालाई ध्यानमा राख्दै विभिन्न स्थानमा स्थापना गरिएका अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन भएको छ।

उहाँका अनुसार त्रिशूली नदीपारिका क्षेत्रबाट आउने विद्यार्थीहरूका लागि कक्षा ११ र १२ (विज्ञान विषयबाहेक) को पठनपाठन विदुर–२ मा स्थापना गरिएको श्री भीमसेन माध्यमिक विद्यालयको अस्थायी सिकाइ केन्द्रमा बिहान ६:३० बजेदेखि सञ्चालन हुनेछ।

त्यस्तै,बालविकास देखि कक्षा ३ सम्मका विद्यार्थीको पठनपाठन विदुर–४ मा रहेको श्री पृथ्वी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन गरिने विद्यालयले जनाएको छ।

यस बाहेकका बालविकास देखि कक्षा १० सम्म तथा कक्षा ११ र १२ का विज्ञानसहित सबै विषयका विद्यार्थीको पठनपाठन भने बिहानको समयमा सहरी विकास तथा भवन कार्यालय र जिल्ला खेलकुद विकास समितिको कभर्ड हल परिसर, विदुर–२, डिहीबजारमास्थापना गरिएको अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुनेछ।

विद्यालयले विद्यार्थीहरूलाई तोकिएको मिति र समयमा आ–आफ्नो समूहका लागि तोकिएको अस्थायी सिकाइ केन्द्रमा उपस्थित भई नियमित रूपमा पठनपाठनमा सहभागी हुन अनुरोध गरेको छ।

बाढीका कारण सिर्जित विषम परिस्थितिमा विद्यालयको पठनपाठन सञ्चालन गर्न सहयोग पुर्‍याउने विदुर नगरपालिका परिवार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक दवाडीका अनुसार बाढीमा परी शैक्षिक सामग्री तथा परिवार गुमाएका विद्यार्थीका लागि विद्यालय पोशाक स्कुल ड्रेस अनिवार्य नगरिएको समेत उल्लेख गरिएको छ।




भर्खरै