१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने



अ+ अ-

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले असोज १ गते बिहीबार बिहान ६ बजेदेखि राजमार्ग दुईतर्फी सञ्चालनमा आउनेजनाएको छ।

गत भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको आवागमन अवरुद्ध भएको थियो।

जिल्ला प्रशासन कार्यालय धादिङले राजमार्ग सञ्चालनमा आएपछि सडक आवागमन सहज बनाउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालालाई प्रशासनले धन्यवाद दिएको छ।

यद्यपि पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने, ढुंगा–माटो खस्ने लगायतका जोखिम कायम रहेकाले सवारी चालक तथा यात्रुलाई विशेष सावधानी अपनाएर संयमित भई यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सम्बन्धित सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

सडकको अवस्था तथा यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न पनि जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ।