२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु

युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
अ अ+ अ-

किएभ। दक्षिणी युक्रेनमा बुधबार बिहान रुसी ड्रोनले यात्रुवाहक बसलाई निशाना बनाउदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा सात जना घाइते भएका छन्।

युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रको निकोपोल जिल्लामा भएको आक्रमणमा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर हान्झाले बताउनुभयो । घाइतेको उपचार भइरहेको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनालाई ‘बर्बरतापूर्ण कार्य’ भन्दै आक्रमणको कुनै सैन्य औचित्य नभएको बताउनुभएको छ । उहाँले नागरिक यातायात तथा महत्वपूर्ण पूर्वाधारमाथि रुसले निरन्तर आक्रमण गरिरहेको आरोप लगाउनुभयो ।

जेलेन्स्कीका अनुसार बुधबार माइकोलाइभ क्षेत्रमा यात्रुवाहक रेलमाथि पनि आक्रमण भएको छ। आक्रमण हुनुअघि रेलमा सवार करिब १७० यात्रुलाई सुरक्षित स्थानमा सारिएको थियो। आक्रमणबाट रेलवे स्टेसन र लोकोमोटिभमा क्षति पुगेको उहाँले  बताउनुभयो । उत्तर–पश्चिमी सहर कोभेलमा पनि विद्युतीय इन्जिनमाथि आक्रमण भएको उहाँको भनाइ छ।

युक्रेनद्वारा नयाँ लोकोमोटिभको माग
युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाका अनुसार फेब्रुअरी २०२२ मा रुससँग युद्ध सुरु भएयता रुसी आक्रमणबाट युक्रेनको रेल सञ्जालका ५०० भन्दा बढी लोकोमोटिभ (रेलको इन्जिन) क्षतिग्रस्त वा नष्ट भएका छन्। तीमध्ये आधाभन्दा बढी घटना यसै वर्ष भएका उहाँको दाबी छ।

सिबिहाले रेल सञ्जालमाथिका आक्रमणलाई युक्रेनको रसद आपूर्ति प्रणालीमा अवरोध पु¥याउने योजनाबद्ध प्रयासका रूपमा व्याख्या गर्दै साझेदार राष्ट्रसँग नयाँ लोकोमोटिभ उपलब्ध गराउन तथा आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले युक्रेनको एक हजार ५२० मिलिमिटर रेल गेजसँग मिल्ने लोकोमोटिभ आवश्यक रहेको बताउनुभएको छ ।

यसैबीच, जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको भनी गरेको दाबीलाई खण्डन गर्नुभएको छ । उहाँले रुसले युक्रेनी ऊर्जा केन्द्रमाथि आक्रमण रोक्ने हो भने युक्रेन त्यस्तो सम्झौताका लागि तयार रहेको बताउनुभयो ।

किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार मङ्गलबारदेखि बुधबार बिहानसम्म किएभ क्षेत्रमा १७ स्थानमा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनामा निजी घर, सवारीसाधन, नगरपालिका भवन, ह्याङ्गर र उत्पादन केन्द्र रहेका छन्।

यसैबीच, रुसी रक्षा मन्त्रालयले रातभरिमा ७१ वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ । बेलगोरोड क्षेत्रमा युक्रेनी आक्रमणबाट एक जनाको मृत्यु भएको र चार जना घाइते भएको कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभायेभले बताउनुभएको छ । (रासस/एपी)