३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा



अ+ अ-

बागमती। बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ ।

पीडितको उद्धार तथा उनीहरूको पुनःस्थापनामा थोरै भए पनि राहत पुगोस् भन्दै प्रदेश प्रमुख देवकोटाले उक्त सहयोग प्रदान गर्नु भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

बाढीका कारण ठूलो जनधनको क्षति भोगिरहेका भोटेकोशी क्षेत्रका पीडितको अवस्था बुझ्न प्रदेश प्रमुख स्वयं यही भदौ १३ गते नुवाकोटको बिदुर पुगी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यलाई अझ तीव्र बनाउन सरोकारवाला निकायसँग आग्रह गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्कटको यस घडीमा एकताबद्ध भएर जुट्न सम्बद्ध सबैमा अपिल गर्नुभएको छ । रासस