२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
अ अ+ अ-

कायरो। साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ । हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै ड्रोनलाई रोकेर नष्ट गरिएको थियो । गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीले सन् २०१७ मा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि यो दोस्रो आक्रमण प्रयास भएको बताउनुभएको छ ।

घटनाको पाकिस्तान, टर्की तथा ५७ भन्दाबढी मुस्लिम राष्ट्रको प्रतिनिधित्व गर्ने इस्लामिक सहयोग सङ्गठन (ओआईसी)ले निन्दा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तान साउदी अरबसँग “अटल रूपमा काँधमा काँध मिलाएर,” उभिएको बताउनुभएको छ ।

यद्यपि, हुथीहरूको बढ्दो आक्रमणको जवाफमा साउदी अरबले सैन्य सहयोग मागेको कुनै जानकारी आफूलाई प्राप्त नभएको टर्की र पाकिस्तानका अधिकारीले बताएका छन् । साउदी अरब, टर्की र पाकिस्तानबीच हालै भएको रक्षा सम्झौता पनि अझै कार्यान्वयनमा आएको छैन ।

यसैबीच, अमेरिकाले द्वन्द्वमा प्रत्यक्ष संलग्न हुने इच्छा नरहेको सङ्केत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले अमेरिकासँग लड्न नचाहेको बताउनुभएको छ । उपराष्ट्रपति जे.डी. भान्सले वासिङ्टन साउदी अरब र हुथी दुवै पक्षसँग सम्पर्कमा रहेको बताउनुभएको छ ।

हुथीहरूले मध्य यमनको मारिबमा साउदी नेतृत्वको गठबन्धनको एफ–१५ लडाकु विमान खसालेको दाबीसमेत गरेका छन् । तर, उनीहरूले प्रमाण प्रस्तुत गरेका छैनन् र एपीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

यसबीच, इरानी विदेशमन्त्री अब्बास अराघची चीन भ्रमणमा हुनुहुन्छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो । भ्रमणका क्रममा मध्यपूर्वको द्वन्द्व र होर्मुज जलसन्धिमा हुने ढुवानीबारे छलफल हुने अपेक्षा गरिएको छ । रासस