काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ ।









