१ आश्विन २०८३, बिहीबार
,
Latest
खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमपछि बस्न लागेको बैठकमा विभिन्न समूहमा रहेका केन्द्रीय सदस्यहरूको सहभागिता रहने भएको छ ।

पार्टीले १५औँ महाधिवेशनमा सहभागी हुन इच्छुक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेपछि यो पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा यसअघि संस्थापनइतर समूहमा रहेका नेताहरूको समेत सहभागिता हुने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू सभापति गगन थापासँग सहमति गरेर बैठकमा सहभागी हुन लागेका हुन् ।

त्यसैगरी, डा. शेखर कोइरालानिकट रहेका केही नेताहरू पनि बैठकमा सहभागी हुने तयारीमा छन् । पछिल्लो निर्णयपछि पार्टीको केन्द्रीय समितिमा देखिएको नयाँ समीकरण र आगामी महाधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।




भर्खरै