१ आश्विन २०८३, बिहीबार
,
Latest
हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी



अ+ अ-

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनप्रति विरोध जनाएको छ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताउनुभयो।

उहाँले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको बताउनुभयो।

आचार्यले यस्ता धम्की दिने कार्यमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको सदनलाई जानकारी गराउनुभयो।

उहाँले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई निर्भीक रूपमा आफ्नो धारणा राख्ने वातावरण बनाउन संसद्ले भूमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो।

बैठकमा उहाँले भन्नुभयो, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु’ भन्ने भोल्टेयरको भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुतालाई देखाउने उल्लेख गर्नुभयो।

नेपालको संविधानले समेत अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै उहाँले फरक विचार राखेकै कारण सांसदविरुद्ध धम्की आउनु गम्भीर विषय भएको बताउनुभयो।

यसअघि गत २३ भदौमा जेन–जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतक धितालले दिएको अभिव्यक्तिलाई लिएर शहीद परिवारले विरोध जनाउँदै आएका छन्। सोही क्रममा सिंहदरबारको गेटअगाडि प्रदर्शनसमेत भएको थियो।




भर्खरै