१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित तथा स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले बिहीवारदेखि आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको जानकारी गराउनुभयो ।

उहाँले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्ने भन्दै सरकारलाई समयमै समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले यसअघि पानी पथान्तरण बन्द गरेर सरकारसँग विभिन्न सम्झौता गरेका थिए । तर, ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

मेलम्ची बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको दुलालले बताउनुभयो । यस्तै, स्थानीय भेन्डर्सले आफूहरूले सरकारबाट प्राप्त गर्नुपर्ने रकम तथा अन्य माग सम्बोधन हुनुपर्ने विषय उठाउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

दुलालले विगतका सम्झौता कार्यान्वयन नभए पुनः पानी पथान्तरण बन्द गर्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट सर्वसाधारणले दुःख पाउने स्थिति सिर्जना हुने बताउनुभयो ।

उहाँले सरकारसमक्ष मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न र मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवर्षीय ठेक्का प्रक्रिया अविलम्ब अघि बढाउन माग गर्नुभयो । साथै, सरकारले विगतमा पीडितहरूसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।




भर्खरै