३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने

सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’का संयोजक ओम क्षेत्रीले वन्यजन्तु संरक्षणको सम्पूर्ण मूल्य र भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै संयोजक क्षेत्रीले मानव–वन्यजन्तुबीचको सहअस्तित्वलाई वैज्ञानिक र व्यावहारिक ढङ्गले परिभाषित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहअस्तित्वको अर्थ किसानको अधिकार र जीविकोपार्जनको सुरक्षा तथा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनबीच सन्तुलन कायम गर्नु रहेको स्पष्ट पार्नुभयो । वन्यजन्तुका कारण किसानले बालीनालीमा क्षति व्यहोर्नुका साथै अतिरिक्त श्रम, मानसिक तनाव, आम्दानीको जोखिम र थातथलो नै छाड्नुपर्ने बाध्यतासमेत झेलिरहेको उहाँले बताउनुभयो ।

यस्तो संवेदनशील अवस्थालाई राज्यले विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि केही विशेष प्रजातिको वैज्ञानिक जनसङ्ख्या व्यवस्थापन आवश्यक रहेको पनि उहाँले औँल्याउनुभयो ।

“हाम्रो मूल मन्त्र सहअस्तित्व नै हो, तर यसको नाममा किसानलाई मात्र भार बोकाउन मिल्दैन । सुरक्षित किसान, व्यवस्थित वन्यजन्तु र प्रकृतिसँगको दिगो सहअस्तित्व नै हाम्रो स्पष्ट गन्तव्य हो,” उहाँले भन्नुभयो ।

कार्यदल अहिले संवादकै चरणमा रहेको जानकारी दिँदै संयोजक क्षेत्रीले संसदीय समितिको नीतिगत मार्गदर्शन र सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिइने बताउनुभयो ।

प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई अझ व्यावहारिक, जिम्मेवार र कार्यान्वयनयोग्य बनाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । किसानलाई केन्द्रबिन्दुमा राखेर नीति निर्माण तथा कार्यान्वयनको प्रक्रिया अघि बढाउनुपर्नेमा कार्यदलले जोड दिएको उहाँको भनाइ छ ।