८ भाद्र २०८३, सोमबार
,
Latest
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाले गृह मन्त्रालयमा दिएको धन्यवादको भिडियो खिचेर सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले मृतकका अभिभावकको संवेदनशील अवस्थालाई ध्यानमा राख्नुपर्ने बताएका हुन् । उनले घटनाबारे आफूले धेरै टिप्पणी नगरे पनि यसले नेपाली समाज कतातर्फ गइरहेको छ भन्ने प्रश्न उठाएको बताए ।

आचार्यले मृतकका आमाबुबाले मन्त्रालयमा धन्यवाद दिएको भिडियो खिचिनु र मेडिकल परीक्षणका क्रममा आरोपितले बोलेका कुरालाई सार्वजनिक गरिनु दुवै विषय गम्भीर भएको उल्लेख गरे ।

‘हामीले कस्तो समाज बनाइरहेका छौं भन्ने सबैले मनन गर्नुपर्छ,’ उनले भने, ‘जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र मेडिकल गर्दै गर्दा एउटा अक्युज्डले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा पब्लिकमा राखिन्छ ।’

यस्ता संवेदनशील विषयलाई सार्वजनिक प्रदर्शनको माध्यम बनाउने प्रवृत्ति रोक्नुपर्नेमा आचार्यले जोड दिए । उनले यस्ता गतिविधिले समाजलाई गलत दिशातर्फ लैजाने भन्दै बन्द गर्नुपर्ने बताएका छन् ।