१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समुद्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा ‘संयुक्त राष्ट्रसंघीय समुद्री कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता’ माथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताउनुभएको हो ।

उहाँले कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले त्यसको प्रत्यक्ष प्रभाव भोगिरहेको उल्लेख गर्नुभयो । पृथ्वीको कुनै पनि पारिस्थितिक प्रणाली भौगोलिक सीमाभित्र मात्र सीमित नरहने भएकाले समुद्री संरक्षणका विश्वव्यापी प्रयासमा नेपालको सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री गौतमले समुद्र संरक्षणसम्बन्धी विश्वव्यापी प्रयासमा नेपालको सहभागिता साझा भविष्यप्रतिको जिम्मेवारी भएको बताउँदै उक्त सम्झौतामा हस्ताक्षर गरी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “कार्बन उत्सर्जनमा हाम्रो योगदान निकै न्यून रहेको छ । विश्वमा अहिले कार्बन उत्सर्जन बढिरहेका कारण विपत्तिको सामना हामीले गरिरहेका छौँ । यसबाट हामी प्रष्ट हुनुपर्छ कि पृथ्वीको कुनै पनि पारिस्थितिक प्रणाली एउटा भूगोलको सीमाभित्र बाँधिँदो रहेनछ ।”

नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि जलवायु, हिमाल, नदी, अर्थतन्त्र र भविष्य समुद्री पारिस्थितिक प्रणालीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएको मन्त्री गौतमले बताउनुभयो ।

समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय प्रयासमा सहभागी हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले सोही भावनाअनुसार नेपालले संयुक्त राष्ट्रसंघीय समुद्री कानून महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता अघि बढाएको जानकारी दिनुभयो ।




भर्खरै