१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सबै पहल गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरूलाई महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने कुनै कारण वा अवस्था नरहेको भन्दै सबैलाई एक ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सभापति थापाले पार्टीका सबै पक्षलाई समेटेर सहमतिका साथ अघि बढ्न आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । महाधिवेशन व्यवस्थापनका लागि आफ्नो संयोजकत्वमा समिति बनाउने निर्णय भएको जानकारी दिँदै उहाँले छोटो समय भएकाले केन्द्रीय समितिका केही सदस्यलाई जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँका अनुसार महाधिवेशनका लागि आवास, भोजनलगायत विभिन्न पक्षको व्यवस्थापन गर्न छुट्टाछुट्टै समिति बनाएर आवश्यक लजिस्टिक तयारी गरिनेछ ।

सभापति थापाले महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयमा पनि सबैसँग सरसल्लाह गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु ।”

सभापति थापाले पार्टीका वरिष्ठ नेताहरूलाई पनि महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्ने वातावरण निर्माणका लागि सहयोग र सहकार्य गर्न पुनः आग्रह गर्नुभयो ।