काठमाडौं ।बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत अब प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने भएको छ ।
टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको जानकारी दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका अनुसार नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पुर्याउन सक्नेछन्।
गुनासो पेस गर्ने प्रमुख माध्यमहरू:
टोल फ्री नम्बर: १६६०५७५२८९८
WhatsApp नम्बर: ९८५५०९१४५६
इमेल: ocmcm@bagamati.gov.np
अनलाइन पोर्टल: https://gunaso.bagamati.gov.np
यसका साथै, अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको छ।








