१ आश्विन २०८३, बिहीबार
,
Latest
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 



अ+ अ-

काठमाडौं ।बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने भएको छ ।

टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको जानकारी दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका अनुसार नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पुर्‍याउन सक्नेछन्।

गुनासो पेस गर्ने प्रमुख माध्यमहरू:

टोल फ्री नम्बर: १६६०५७५२८९८

WhatsApp नम्बर: ९८५५०९१४५६

इमेल: ocmcm@bagamati.gov.np

अनलाइन पोर्टल: https://gunaso.bagamati.gov.np

यसका साथै, अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको छ।