१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह



अ+ अ-

काठमाडाैँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गरेको हो ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर ग्यास बिक्री गर्दै आएका थिए ।