३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग

वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले वन्यजन्तु तथा छाडा चौपायाका कारण सिर्जित समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद भाटले वन्यजन्तु संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभएको हो ।

उहाँले बाघमा ट्रान्समिटर जडान गर्ने तथा हात्तीको आवतजावत ट्र्याक गर्नेजस्ता प्रविधिको प्रयोगले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

वन्यजन्तुले पुर्‍याएको धनजनको क्षतिका कारण जनतामा तीव्र आक्रोश रहेको र त्यसका कारण जनप्रतिनिधिहरूले समेत जनदबाब झेल्नुपरेको उहाँले बताउनुभयो । बाँदर, नीलगाई, बँदेल र दुम्सीजस्ता वन्यजन्तुबाट भइरहेको क्षतिसँगै देशभर चुनौतीका रूपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले विशेषगरी तराई क्षेत्रमा छाडा छोडिएका गाई–गोरुले किसानको धानबालीमा व्यापक क्षति पुर्‍याइरहेको बताउँदै यस्ता पशुको उचित संरक्षण तथा व्यवस्थापनलाई समितिको कार्यसूचीमा समावेश गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वन्यजन्तुलाई खेतीपातीमा क्षति पुर्‍याउनबाट रोक्न जंगलभित्रै उनीहरूको आहार व्यवस्थापन गर्नुपर्ने सुझावसमेत सांसद भाटले दिनुभयो । वन क्षेत्रमा वन्यजन्तुलाई उपयुक्त हुने फलफूल तथा बोटबिरुवा उत्पादन गर्न सके उनीहरू मानव बस्तीमा आउने क्रम घटाउन सकिने उहाँको तर्क छ ।

यस्तै, बाँदरलगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि किसानलाई ड्रयागन फ्रुटजस्ता काँडायुक्त वैकल्पिक बालीको खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो । यस्ता वैकल्पिक खेती प्रणालीलाई सरकारले प्रवद्र्धन र आवश्यक सहयोग गर्नुपर्नेमा सांसद भाटले जोड दिनुभयो ।