३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग
अ+ अ-

काठमाडाैँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको भन्दै समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले बाँदर, बँदेल, हात्ती र नीलगाईलगायत वन्यजन्तुबाट हुने क्षति र त्यसको समाधानका उपाय समेटिएको विज्ञ टोलीको विस्तृत प्रतिवेदनलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

सांसद ढकालले प्रतिवेदनमा समेटिएको ‘हेरालो प्रणाली’लाई प्रभावकारी बनाउन पूर्वप्रहरी तथा पूर्वसैनिकलाई परिचालन गर्न सुझाव दिनुभयो । पूर्वसुरक्षाकर्मीहरू तालिमप्राप्त हुने भएकाले उनीहरूलाई सङ्गठित रूपमा जिम्मेवारी दिँदा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँको भनाइ छ ।

वन्यजन्तुको प्रतिकारका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै हेरालोका रूपमा परिचालन हुने व्यक्तिका लागि आवश्यक आत्मरक्षा सामग्री (सेफ्टी गियर) को व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

गुल्मीमा हालै वन्यजन्तुको आक्रमणबाट दुई जनाको मृत्यु भएको घटनालाई स्मरण गर्दै सांसद ढकालले मानव–वन्यजन्तु सहअस्तित्वको चर्चा भइरहे पनि मानिस नै असुरक्षित हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानव र वन्यजन्तुको सहअस्तित्वको चर्चा गरिरहँदा अहिले मानिस नै असुरक्षित हुने अवस्था सिर्जना भएको छ । त्यसैले यो प्रतिवेदनलाई ढिलाइ नगरी भोलि नै सम्बन्धित मन्त्रीलाई बुझाएर बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्छ ।”

सांसद ढकालले प्रतिवेदन मन्त्रालयमा बुझाएर मात्र सीमित नराखी प्रत्येक पालिका तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । आवश्यक बजेट व्यवस्थापनका लागि संसद्का अन्य सदस्यहरूसँग समेत समन्वय गरी आफूले पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।