८ भाद्र २०८३, सोमबार
,
Latest
हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर



अ+ अ-

ललितपुर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासका भवनहरूको पुनर्निर्माण तथा मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ।

करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण भएको मन्त्रीनिवासको पुनर्निर्माण तथा मर्मतका लागि हालसम्म तथा थप गरी करिब ४२ करोड रुपैयाँ खर्च हुने जनाइएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पुनर्निर्माण तथा मर्मतको काम भइरहेको जनाएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भैंसेपाटीस्थित मन्त्रीनिवासका २७ वटा ब्लकमध्ये २६ वटा ब्लकमा आगजनी भएको थियो। आगलागीका कारण भवनका विभिन्न संरचना, विद्युतीय प्रणाली, झ्यालढोका तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।

आगलागीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै आवश्यक मर्मतसम्भार र प्राविधिक सुधारका कामसमेत अघि बढाइएको कार्यालयले जनाएको छ। अहिले अधिकांश काम सम्पन्न भइसकेकाले पुनर्निर्माण तथा मर्मतको काम अन्तिम चरणमा पुगेको हो।

मन्त्रीनिवासका भवनहरूमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार पुनर्निर्माण, मर्मत तथा संरचनागत सुधारको काम अघि बढाइएको कार्यालयले जनाएको छ।

तस्बिर: घनश्याम श्रेष्ठ-रासस