४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल

मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल
अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्या न्यूनीकरणका लागि स्थानीयस्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत सरकारले प्रदान गर्दै आएको राहत रकममा उल्लेख्य वृद्धि गरिएको जानकारी दिँदै राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

डा. ढकालका अनुसार वि.सं. २०६७ देखि वन्यजन्तुबाट हुने क्षतिका लागि राहत उपलब्ध गराउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो । मानव अधिकार र नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिँदै सुरु गरिएको उक्त कार्यक्रममा प्रारम्भमा सातवटा वन्यजन्तुलाई समेटिएको थियो । हाल राहतको दायरा विस्तार भई १७ वटा वन्यजन्तु पुगेको उहाँले जानकारी दिनुभयो ।

यद्यपि बाँदरबाट हुने क्षतिलाई भने अझै राहतको सूचीमा समावेश गर्न नसकिएको उहाँले बताउनुभयो । पछिल्लो समय मौरी र सर्पका कारण हुने क्षतिलाई समेत राहतको दायरामा ल्याउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

राहत रकमको विकासक्रमबारे जानकारी दिँदै डा. ढकालले वि.सं. २०६७ मा १ लाख रुपैयाँबाट सुरु गरिएको राहत रकम क्रमशः वृद्धि गर्दै वि.सं. २०७३ सम्ममा १० लाख रुपैयाँ पुर्‍याइएको बताउनुभयो । सडक दुर्घटना वा अन्य विपद्मा गृह मन्त्रालयले उपलब्ध गराउने राहतको तुलनामा वन्यजन्तुबाट हुने क्षतिबापतको राहतलाई विशिष्टीकृत रूपमा सरकारले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

वन्यजन्तुहरू बदलिँदो वातावरणअनुसार आफूलाई छिटो अनुकूलन गर्न सक्ने भएकाले मानव–वन्यजन्तु द्वन्द्वको समाधान पनि स्थानीय परिवेशअनुसार खोजिनुपर्ने उहाँले बताउनुभयो । विशेषगरी बाँदर र हात्तीको व्यवहार छिटो परिवर्तन हुने भएकाले समस्यालाई स्थानीयकरण गर्न सके समाधान प्रभावकारी हुने उहाँको भनाइ थियो ।

वन्यजन्तु राहतसम्बन्धी कानुन छोटो अवधिमै परिमार्जन गरी गतिशीलता प्रदान गर्ने मुलुकहरूमध्ये नेपाल अग्रपंक्तिमा रहेको दाबी गर्दै डा. ढकालले वन्यजन्तुको स्वभाव अकल्पनीय हुने भएकाले त्यसअनुसार समाधानका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नीतिगत सुधार भए पनि राहत वितरणको झन्झटिलो प्रक्रिया र बाँदरबाट हुने क्षति अझै चुनौतीका रूपमा रहेको उहाँले स्वीकार गर्नुभयो । यस्ता समस्या क्रमिक रूपमा समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु सहअस्तित्वका लागि बीमा कार्यक्रमलाई समेत उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

वन्यजन्तु द्वन्द्वसम्बन्धी प्रतिवेदनहरूमा बीमाको विषय पर्याप्त रूपमा नसमेटिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा बीमा कार्यक्रमलाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।