३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?

सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौताले मात्रै न्याय सुनिश्चित नहुने बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले पीडित परिवारलाई राहत दिने र सालिक निर्माण गर्ने सहमतिले बालिकाको जीवन फिर्ता ल्याउन नसक्ने बताइन्। उनले राज्यले घटनाको दीर्घकालीन समाधान र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

‘एउटा सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ भन्दै उनले सरकारसँग प्रश्न गरिन्।

सरकार र पीडित परिवारबीच भएको सहमतिले तत्कालका लागि आन्दोलन रोक्न र राहतबाट क्षणिक पीडा कम गर्न सक्ने भए पनि त्यसले दीर्घकालीन न्यायको अनुभूति दिलाउन नसक्ने उनको भनाइ थियो। त्यस्तै, राज्यप्रतिको नागरिकको विश्वास पुनःस्थापित गर्न पनि ठोस कानुनी कारबाही आवश्यक रहेको उनले बताइन्।

सडकमा आन्दोलन चर्किएपछि मात्रै मन्त्रीहरू सक्रिय हुने र स्थानीय प्रशासनलाई कमजोर बनाउने प्रवृत्तिले स्थानीय सरकार तथा प्रशासनप्रतिको जनविश्वास घट्दै गएको गच्छदारले टिप्पणी गरिन्।

उनले जघन्य अपराधका घटनामा कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउँदै बलात्कारजस्ता अपराधमा दबाब वा जबरजस्ती मिलापत्र गराउने व्यक्तिमाथि समेत कडा कानुनी कारबाही हुनुपर्ने माग गरिन्।

पीडितलाई न्याय पाउने बाटोमै अवरोध सिर्जना गर्ने विद्यमान कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता घटनामा राज्यको विश्वसनीयता कडा कानुनी कार्यान्वयनबाटै स्थापित हुने बताइन्।