४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना

स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना
अ+ अ-

काठमाडाैँ । स्याङ्जामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा प्रयोग भएका दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना गरिएको छ।

सम्बन्धित निकायले नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि २०८३ भदौ ८ गते सम्बन्धित पालिकामा पठाएको थियो। पालिकाले दुवै ट्याक्टरलाई जनही १० हजार रुपैयाँ जरिवाना गरेपछि छाडिएको जनाइएको छ।

जरिवानामा पर्नेमा लु.३ त. ५२५३ नम्बरको ट्याक्टर रहेको छ। उक्त ट्याक्टरलाई स्याङ्जाको चापाकोट नगरपालिका–८ स्थित दामाचौरको बनकट्टा घाटबाट नियन्त्रणमा लिइएको थियो। कारबाहीका लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाइएकोमा नगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गरेको हो।

त्यस्तै, ग.१ त. ६१११ नम्बरको ट्याक्टरलाई स्याङ्जाको भिरकोट नगरपालिका–६ स्थित एक्वाबाट नियन्त्रणमा लिइएको थियो। उक्त ट्याक्टरलाई आवश्यक कारबाहीका लागि भिरकोट नगरपालिकाको कार्यालय पठाइएकोमा १० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।

जरिवाना असुल गरेपछि दुवै ट्याक्टरलाई छाडिएको सम्बन्धित निकायले जनाएको छ।