१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

तबलामा हुसेनको हातको जादू



अ+ अ-

काठमाडौँ, १२ मङ्सिर । विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट मंगलबार साँझ सयौंलाई मन्त्रमुग्ध बनाउनुभएको छ ।

यहाँस्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाउनुभयो ।

उहाँले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गर्नुभयो भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गर्नुभयो ।

हुसेनलाई सारङ्गीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णले साथ दिएका थिए । चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासङ्गीतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपालका मन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, सङ्गीतकार तथा नेपाल र भारतका व्यक्तित्वको सहभागिता थियो ।