७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने

कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने
अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयले असोज १४ देखि २० गतेसम्म इटहरीमा सातदिने सीप तथा रोजगार मेला आयोजना गर्न लागेको हो ।

मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले सीप विकास तथा रोजगारी प्रवद्र्धनका लागि मेलालाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

मन्त्रालयले सातवटै प्रदेशलाई समेटेर सात चरणमा सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको छ । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागिएको तामाङले बताउनुभयो ।

सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको उहाँले बताउनुभयो । यही नीतिअनुसार सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।

मेलामा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान तथा जब प्लेसमेन्टको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायतका १० वटा विधामा ६५ वटा स्टल रहनेछन् । तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारको सहभागिता र सहकार्यमा मेला सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

तामाङले सीप तथा रोजगार मेला सामान्य कार्यक्रम नभई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको बताउनुभयो । मन्त्रालयको बजेट तथा कार्यक्रममा समेत यसलाई महत्वपूर्ण राष्ट्रिय ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीप सिक्न चाहनेलाई आवश्यक तालिम तथा सीप विकासको अवसर प्रदान गर्ने र सीप हासिल गरिसकेकालाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरी मेलालाई क्रमशः देशभर सञ्चालन गरिनेछ ।