७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान

भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान
अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भाद्र ६ गतेसम्म भन्सार विभागले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षका लागि विभागले ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरेकोमा भाद्र ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ राजस्व असुली भएको अर्थ मन्त्रालय, अर्थमन्त्रीको सचिवालयले जनाएको छ। योसँगै चालु आर्थिक वर्षमा अब ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको छ।

तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा आउन नसकेको अवस्थामा पनि भन्सार प्रशासनले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो।

विषम परिस्थितिका बीच पनि भन्सार प्रशासनको निरन्तर प्रयासबाट उक्त राजस्व संकलन गर्न सफल भएको अर्थ मन्त्रालयले जनाएको छ। आगामी दिनमा बाँकी ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीमा विभागले विशेष ध्यान केन्द्रित गर्ने जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्न भन्सार प्रशासनले उपलब्ध स्रोत, साधन र संरचनाको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राख्नेछ।