७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी
अ+ अ-

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले फागुन २१ गतेको निर्वाचनलाई त्यसअघिका राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’का रूपमा व्याख्या गरेकी छन्।

एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै भण्डारीले निर्वाचनमा पार्टीको भूमिका कमजोर हुनुको सम्पूर्ण जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीमाथि मात्रै थोपर्न नहुने बताइन्। पार्टीभित्रका कमजोरीको अपजस नेतृत्वको एक व्यक्तिमाथि थोपरेर संगठन बलियो बन्न नसक्ने उनको धारणा थियो।

उनले पार्टी नेतृत्व एकढिक्का भएर आगामी चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै केन्द्रीय कमिटी बैठकलाई पार्टी पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्पसहित अघि बढ्ने महत्वपूर्ण मोड बनाउनुपर्ने बताइन्।

अध्यक्ष ओलीले बैठकमा १३ बुँदामा समीक्षा र आत्मसमीक्षासहितको प्रतिवेदन प्रस्तुत गरेको उल्लेख गर्दै भण्डारीले उक्त प्रतिवेदनलाई पार्टीको आगामी दिशाका लागि आधार बनाउनुपर्ने बताइन्। उनले पार्टीभित्र समस्या आउँदा त्यसको जिम्मेवारी सामूहिक रूपमा लिनुपर्ने धारणा राख्दै भनिन्, ‘समुद्र मन्थन गर्दा अमृत निस्कँदा सबैले खान खोज्ने तर विष आउँदा भागाभाग हुने अवस्था आउनु राम्रो होइन।’

पछिल्लो राजनीतिक घटनाक्रममा एमालेविरुद्ध विभिन्न भाष्य निर्माण गरिएको दाबी गर्दै भण्डारीले भदौ २३ र २४ गतेका घटनालाई ‘केपी ओलीबिनाको एमाले र एमालेबिनाको देश बनाउने षड्यन्त्र’ तथा कम्युनिस्टबिनाको मुलुक बनाउने प्रयासका रूपमा बुझ्नुपर्ने बताइन्।

जात, धर्म र क्षेत्रका नाममा समाजलाई विभाजन गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा विभिन्न व्यक्ति तथा शक्तिलाई अघि सार्ने प्रयास भइरहेको बताइन्। हर्क साम्पाङ र बालेन शाहलगायतलाई प्रयोग गरेर राजनीतिक विकल्प निर्माण गर्न खोजिएको उनको दाबी थियो।

पार्टीको नीति र विधिविपरीत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै भण्डारीले पार्टीका निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई आवश्यक कारबाही गर्न बैठकसमक्ष आग्रह गरिन्।

उनले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारासहित पार्टीलाई अघि बढाउनुपर्ने बताइन्।

जनतामा एमालेप्रतिको मनोभावना बुझेर आगामी कार्यक्रम तय गर्नुपर्ने, युवामाझ पार्टीका गतिविधि विस्तार गर्नुपर्ने तथा अनेरास्ववियुलाई विद्यार्थीबीच थप संगठित बनाउनुपर्ने उनको सुझाव थियो।

त्यस्तै, प्रवासमा रहेका नेपालीलाई पार्टीसँग जोड्ने तथा एमालेले गरेका सकारात्मक कामलाई डिजिटल सामग्रीमार्फत प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउनुपर्नेमा पनि उनले जोड दिइन्।