७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक

विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक
अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल प्रवेशले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले विदेशी सेवा प्रदायकलाई नेपाली बजारमा प्रवेश गराउने व्यवस्था सकारात्मक रहेको बताउनुभयो ।

सांसद बयकले विश्वव्यापी रूपमा विस्तार भइरहेको आर्थिक सञ्जाल र डिजिटल भुक्तानीको बढ्दो प्रभावलाई ध्यानमा राख्दै विधेयकले प्रविधि हस्तान्तरण र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सक्ने बताउनुभयो ।

यद्यपि विदेशी कम्पनीहरूले नेपालमा आर्जन गरेको मुनाफा विदेश लैजाँदा मुलुकको विदेशी विनिमय सञ्चितिमा पर्न सक्ने प्रभावबारे सरकार थप सजग हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले पुँजी पलायन रोक्न प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बयकले डिजिटल भुक्तानीको विस्तारसँगै साइबर सुरक्षा र डेटा गोपनीयताको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । बढ्दो डिजिटल वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले विदेशी ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न स्वदेशी भुक्तानी सेवा प्रदायकलाई सक्षम बनाउन सरकारले संरक्षणमुखी नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

ई–कमर्स र पर्यटन प्रवद्र्धनका लागि विधेयक महत्वपूर्ण हुन सक्ने भए पनि आन्तरिक अर्थतन्त्रको सुरक्षा र स्वदेशी पुँजीको संरक्षणलाई बेवास्ता गर्न नहुने सांसद बयकको भनाइ थियो ।